दसैँ मनाउन काठमाडौँबाट गाउँ फर्किने क्रम जारी

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीमा दशैँको टीका लगाउन गाउँ फर्किने क्रम जारी छ । महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ ।

आम नागरिकहरु गाउँ फर्किनका लागि सडकमा उभिएर बसेका छन् । यस वर्ष विजया दशमीको शुभ साईतको टीका असोज १६ गते परेको छ । जसकारण पनि काठमाडौं उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाइ बसेकाहरु गाउँ फर्किने चाप छ ।

काठमाडौंको कोटेश्वर, जडिबुडी लगायत सडकहरुमा मानिसहरु गाडी कुरेर बसेका छन् । महानवमी अर्थात बुधवारसम्मै काठमाडौंबाट आफन्तजन र आफू भन्दा ठूलाबडाको हातबाट दशैँको टीका लगाउन र आशिर्वाद थाप्न जानेको संख्या उल्लेख्य हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =