जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

गोदावरी । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १५ लाख सहयोग प्रदान गरिएको छ ।

सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप सो रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =