क्यूएफएक्सको टिकट इसेवाबाट सिधै काट्न सकिने

काठमाडौँ । इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ ।

अब प्रयोगकर्ताहरूले QFX Cinemas का चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सकिने इसेवाले जानकारी दिएको छ ।

यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउने कम्पनीले जानकारी दिएको छ ।

के हो यो नयाँ सुविधा ?

यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्न, सिट सुरक्षित गर्न र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सकिने बताइएको छ ।

यस सहकार्यबारे बोल्दै इसेवाका प्रमुख रणनीति अधिकृत रबि शाक्यले भने ‘QFX सँगको यो सहकार्यले नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्त्वपूर्ण कदम हो । हामी हाम्रा प्रयोगकर्ताहरूको सुविधालाई उच्च प्राथमिकता दिन्छौँ र यो नयाँ फिचरले चलचित्र प्रेमीहरूका लागि टिकट खरिदको अनुभवलाई अझै सरल र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ । यो साझेदारीले डिजिटल नेपालको सपनालाई साकार पार्न पनि थप टेवा पुग्नेछ ।’

त्यसैगरी, का महाप्रबन्धक तृप्ति गिरीले भनिन् ‘हामी सधैँ हाम्रा दर्शकलाई उत्कृष्ट सिनेमा अनुभव दिन प्रतिबद्ध छौँ र यो साझेदारी त्यसैको एक हिस्सा हो। इसेवासँगको सहकार्यले हाम्रा ग्राहकलाई टिकट खरिद गर्न अझै सहज हुनेछ, जसले गर्दा उहाँहरूले आफ्नो समय फिल्मको आनन्द लिनमा खर्च गर्न सक्नुहुनेछ । यसले नेपालको मनोरञ्जन उद्योगमा डिजिटल रूपान्तरणलाई थप गति दिनेछ ।’

कसरी गर्ने टिकट बुक?
१. आफ्नो eSewa App खोल्नुहोस् ।
२. होम स्क्रिनमा रहेको ‘Movies’ आइकनमा ट्याप गर्नुहोस् ।
३. QFX सिनेमा छान्नुहोस् ।
४. आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।
५. खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।
६. अब ‘Proceed’ बटन थिची भुक्तानी गर्नुहोस् ।

भुक्तानी सफल भएपछि  टिकट My Tickets भित्र एपमै प्राप्त हुने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =