दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दसैँमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजना २०८२ असोज ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुने कम्पनीले जनाएको छ ।

उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन् । ग्राहकहरूले आफूले खरिद गरेको स्मार्टफोनको कोड स्क्यान गरी नम्बर सहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन् । यो प्रक्रिया सहज र
पारदर्शी बनाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन् । त्यसैगरी ४ जनाले रियलमी स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी स्मार्टफोन जित्नेछन् । यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन् ।

उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारेन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ । साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =