धनगढीमा ‘जेनजी मार्ग’को घोषणा

धनगढी । नेपालमा ऐतिहासिक सत्ता उलटफेरको श्रेय पाएको ‘जेनजी आन्दोलन’ र त्यसका शहीदहरूको सम्मानमा कैलालीको धनगढी उपमहानगरपालिका-१ मा एउटा सडकलाई औपचारिक रूपमा ‘जेनजी मार्ग’ नामकरण गरिएको छ । यो घोषणा जेनजी आन्दोलनको सफलतापछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गरेका हुन् । 

पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने यो महत्वपूर्ण सडक अब ‘जेनजी मार्ग’ का रूपमा चिनिनेछ । नगर प्रमुख हमालको यो घोषणालाई जेनजी पुस्ताले उत्साहका साथ स्वागत गरेको छ । वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरका अनुसार, नगर प्रमुखको घोषणा लगत्तै जेनजी युवाहरू आफैंले ‘जेनजी मार्ग’ लेखिएका बोर्डहरू सडकका विभिन्न स्थानमा राखेका छन् ।

ऐरले यस नामकरणलाई कार्यपालिकाको आगामी बैठकबाट औपचारिक रूपमा पारित गरिने प्रक्रिया अगाडि बढ्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =