क्लासिक टेकको दसैँ अफर: २ वर्षको इन्टरनेट १ वर्षको मूल्यमा

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दसैँ विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत, ग्राहकहरूले ७० Mbps इन्टरनेट जडान गर्दा मात्र रु ४४३ प्रति महिनामा वाईफाई सिक्स राउटर पाउन सक्नेछन् ।

अब १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको छ ।

कम्पनीका अनुसार वाईफाई सिक्स राउटरको विशेषता र फाइदाहरू यस्ता रहेका छन् :

  • एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पिड नघट्ने ।
  • ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने।
  • कम लेटेन्सी : गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने ।
  • डबल ब्याण्ड सुविधा (2.4GHz र 5GHz):  स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको ।
  • ब्याट्री बचत सुविधा (Target Wake Time): मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत कम गर्ने ,जस्ता सुविधा वाई फाई सिक्समा रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ, जसमा १०० ,२०० र ३०० Mbps सम्मका स्पिड अफरहरू समावेश छन् । त्यसैगरी, इन्टरनेट सँगै आइपी टी। भी सेवा पनि उपलब्ध छ, जहाँ मात्र रु २५० प्रति महिना मा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =