जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो ।

विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ ।

दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रही पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिने बताइएको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

केन्द्रीय तथा प्रादेशिक कार्यालयमा देहाय बमोजिम सम्पर्क गर्न सकिन्छ :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =