गृहमन्त्री र उर्जामन्त्रीले गरे जलेको भाटभटेनीको महाराजगञ्ज स्टोरको अवलोकन
२०८२ असोज २ गते

काठमाडौं । गृहमन्त्री र उर्जामन्त्रीले जेनजी आन्दोलनमा आगजनीमा जलेको भाटभटेनी सुपरमार्केटको महाराजगञ्ज स्टोरको अवलोकन गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ लगायतका उच्च अधिकारीहरूको टोली जलेको भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका हुन् ।
उनिहरुको उपस्थितिले भाटभटेनी परिवारलाई ठूलो हौसला र आशा दिएको र अगाडि बढ्न र पुनःनिर्माण गर्न थप प्रेरणा प्रदान गरेको भाटभटेनीले जनाएको छ ।
‘आगजनीले हाम्रो स्टोरलाई जलेर नष्ट गर्न सक्छ, तर हाम्रो आत्मा र सेवामा समर्पणलाई कहिल्यै मेट्न सक्दैन । हामी अझ सबल भएर अघि बढ्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं’ कम्पनीले भनेको छ ।
२०८२ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








