जेनजी आन्दोलनको मारमा सुरक्षाकर्मीहरू, राशन र भवन जलेपछि बिचल्ली !

काठमाडौँ । जेनजी आन्दोलनका कारण सुरक्षाकर्मीहरूलाई गम्भीर समस्या उत्पन्न भएको छ ।

जेनजी आन्दोलनकारीले सुरक्षाकर्मीहरूको भवन, कार्यालय, र उनीहरूको रासन र लुगा कपडासम्म आगो लगाएर जलाइदिएका छन् । यसले सुरक्षाकर्मीहरूको स्थिति अत्यन्त कठिन बनाएको छ ।

मङ्गलवार सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवास लगायत नेताका घरमा पनि आगजनी गरिएको थियो, र आन्दोलन झनै उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भाग्नु परेको थियो । उनी अहिले सेनाको सुरक्षा घेरामा रहेका छन् ।

तर, यसका बिच नेपाल प्रहरी, ट्राफिक प्रहरी, सेना र अन्य सशस्त्र सुरक्षाकर्मीहरूले भने खान समेत प्राप्त गर्न सकेका छैनन् ।

सुरक्षा निकायका प्रतिनिधिका अनुसार कार्यालय र बस्ने भवनहरू समेत जलेका छन्, र उनीहरूले चाउचाउको भरमा जीवित रहनु परेको छ ।

सुरक्षाकर्मीहरूले ट्वाइलेट प्रयोग गर्नसमेत समस्या भोगिरहेका छन्, आन्दोलनकारीहरूले उनीहरूको ट्वाइलेटसमेत जलाइदिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको छ । यसका कारण त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू अझै बढी समस्यामा छन्, र उनीहरूका लागि स्थान र सुविधा उपलब्ध गराउन चुनौती उत्पन्न भएको छ ।

यो अवस्थाले सुरक्षाकर्मीहरूको जीवन अझ कठिन बनाएको छ । उनीहरूलाई आफ्नो कार्य क्षेत्र सुरक्षित राख्न र आम नागरिकलाई रक्षा गर्नुपर्ने जिम्मेवारी छ ।

तर यस्तो कष्टकर परिस्थितिहरूमा उनीहरूलाई गाँस र बासको व्यवस्था मिलाउन नै चुनौतीपूर्ण बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =