जेनजी आन्दोलनकारीलाई वार्तामा आउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रपतिले भनेका छन्, ’प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै संयमित आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =