प्रदर्शनकारीलाई घर फर्किन बालेनको विशेष आग्रह
२०८२ भदौ २४ गते

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।
मेयर बालेनले देश जेनजीकै हातमा भएको भन्दै क्षति हाम्रै हुने भन्दै घर फर्किन आग्रह गरेका हुन् ।
’पिल्ज जेन जी देश तपाईंहरूकै हातमा हो । तपाईंहरुले नै बनाउने हो,’ उनले फेसबुकमा लेखेका छन्,’अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुस् ।’
जेन जीले काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









