‘एक्स’को पत्र: अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्दैनौँ

काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ले दर्ता नगर्ने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै ‘एक्स'(पहिलेको ट्विटर)ले अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाउन लगाएका थिए । सो निर्णय सुनेपछि ओलीले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध नखोल्ने निर्णय मन्त्रीहरूलाई सुनाएका थिए ।

भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने ब्यहोराको पत्र सुनेपछि प्रधानमन्त्री ओली रिसाउँदै ‘भ्रष्ट्रको देशमा दर्ता गर्न आउँदिन भनेर भन्ने ? हामीले तपाईँहरूले दर्ता गरेर चलाउनुहोस्, नाफा कमाउनुहोस् भनेर भन्दा पनि एउटा सार्वभौम मुलुकलाई त्यसरी भन्ने ? अरूलाई सह्य होला तर मलाई हुँदैन’ भन्दै तत्काल सामाजिक सञ्जाल नखोलिने बैठकमा ओलीले जनाएको एक मन्त्रीले बताए ।

प्रतिबन्धित सामाजिक सञ्जाल तत्काल खोल्न सकिन्न : ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =