प्रतिबन्धित सामाजिक सञ्जाल तत्काल खोल्न सकिन्न : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू खोल्न नसकिने अडान लिएका छन् ।

मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रतिबन्ध खोल्न सरकारसँग आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओली भने आफू अडिग रहने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टीको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै आन्दोलनकारीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री ओलीले प्रतिबन्ध हटाउन सरकार तयार नरहेको प्रस्ट पारे ।

‘सभापतिज्यूले पनि भन्नुभएको थियो । तर कम्पनीहरूले खुलेआम रूपमा दर्ता गर्दैनौं भनिरहेकाछन् । नियमन नगरी यतिकै खोल्न सकिन्न’, प्रधानमन्त्री ओलीले भने ।

अहिले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =