८२ औं भेनिस फिल्म फेस्टिभल : उत्कृष्ट अभिनेत्रीको अवार्ड सिन झिलेईलाई

काठमाडौं । चिनियाँ अभिनेत्री सिन झिलेईले शनिवार राति ८२ औं भेनिस फिल्म फेस्टिभलमा द सन राइजेस अन अस अलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारेकी छन् । चिनियाँ फिल्म निर्माता काई शाङजुनद्वारा निर्देशित चिनियाँ भाषामा री गुआ झोङ तियानको नामले चिनिने फिल्मले भाग्यमा अल्झिएका र मुक्ति पाउन नसक्ने पूर्व प्रेमीहरूको दुःखद् प्रेमकथा चित्रण गर्दछ ।

सिनले प्रमुख भुमिका निभाएकी छिन् । यस वर्षको प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलकी सदस्य चिनियाँ अभिनेत्री झाओ ताओले सिनलाई गोल्डेन लायन ट्रफी प्रदान गरिन् । आफ्नो भाषणमा सिनले चिनियाँ अभिनेत्रीको रूपमा महोत्सवको मञ्चमा उभिन पाउँदा सम्मानित र गर्व दुवै महशुस गरेको व्यक्त गरिन् ।

भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म इटालियन लगुन शहरको लिडो टापुमा चलेको थियो । जसमा २१ चलचित्रहरूले मुख्य प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =