वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका हुन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

उनले नेपाली काँग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए ।

तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे ।

उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =