महिलामन्त्रीको सन्देश– मानव बेचबिखन अपराध हो, कानुन बन्दैछ

काठमाडौं । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस मनाइँदै छ ।

यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले हरेक प्रकारको मानव बेचबिखन विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

‘मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो, यो सामाजिक रुपमा निन्दनीय, कानुनी रुपमा दण्डनीय छ । समाजको कलङ्कको रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नका साथै मानव बेचबिखन तथा ओसारपसार पीडित तथा प्रभावितहरूको उद्धार, पुनःस्थापना, मनोपरामर्श सेवा तथा कानुनी उपचारका लागि नेपाल सरकारद्वारा विभिन्न कानुनी संरचनागत र संस्थागत प्रयास भइरहेका छन्’, सन्देशमा मन्त्री सुडीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =