राइटपाथ करियर काउन्सिलिङले काठमाडौंमा ‘एजुकेशन रोड शो’ आयोजना गर्ने

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडकमा ‘एजुकेशन रोड शो –२०२५’ आयोजना गर्ने भएको छ ।
देशका विभिन्न स्थानहरूमा ‘एजुकेशन रोड शो’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार पुतलीसडक स्थित आफ्नै केन्द्रिय कार्यालयमा ‘एजुकेशन रोड शो’ गर्न लागेको हो ।
उक्त रोड शोमा विद्यार्थीहरुले विदेशका विभिन्न शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटको अवसर प्राप्त गर्नेछन् ।
एजुकेशन रोड शो– २०२५ मा संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियामा अध्ययनका विभिन्न अवसरहरूको अन्वेषण गरिने छ । यस कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र थप अध्ययनका अवसरहरूको बारेमा जानकारी दिनेछ ।
राइटपाथले उक्त एजुकेशन रोड शोमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीका अनुसार यस एजुकेशन शोमा सहभागी हुने विद्यार्थीहरूले विशेष गरी छात्रवृत्तिहरू, निःशुल्क चलचित्र टिकटहरू, र आईएलटिएस र पिटिइका अफरहरूसहित आकर्षक प्रस्तावहरू पाउने व्यवस्था रहेको छ ।
विद्यार्थीहरूका लागि विदेश अध्ययनका अवसरहरूको खोजी गर्ने यो एक सुनौलो अवसर हुने सीईओ डिसीले बताएका छन् ।
राइटपाथले एजुकेशन रोड शोमार्फत नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी शिक्षा र भविष्यका अवसरहरूका बारेमा जानकारी प्राप्त गर्न सहयोग गर्नेछ ।
‘एजुकेशन रोड शो– २०२५’ देशको विभिन्न स्थानहरुमा सम्पन्न भइसकेको छ । यसअघि, र्कितीपुरमा ३०० सय भन्दा बढि, चितवनमा ५०० भन्दा बढि र बुटवलमा ३०० भन्दा बढि विद्यार्थीहरुले परामर्शलिइसकेका छन् ।
विद्यार्थीहरूले भोली हुन गइरहेको एजुकेशन रोड शो मा सहभागी भई वैदेशिक शिक्षाको लागि समेत परामर्श लिन सक्नेछन् ।








