महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

काठमाडौं । ग्राहकमुखी आधुनिक बैंकिङ सेवामा केन्द्रित महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
भारतको कोलकत्ता स्थित इन्डियन चेम्बर अफ कमर्सले बैंकलाई ‘सम्पत्ति गुणस्तर’ (Assets Quality) विधामा प्रतिष्ठित अवार्ड प्रदान गरेको हो ।
उक्त सम्मान बैंकले अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स’ कार्यक्रममा प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रका भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरुको सहभागिता रहेको यस कार्यक्रममा सम्पत्ति संरचना, प्रभावकारी परिचालन र गुणस्तर सुधारमा महालक्ष्मी विकास बैंकको योगदानलाई उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको हो ।
बैंकले यस अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान विस्तार गर्ने अवसरको रूपमा लिएको जनाएको छ ।
हालै, महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकसँग सीमा–पार भुक्तानी सेवा प्रवद्र्धन सम्बन्धी समझदारी गरेको छ । यस समझदारी अन्तर्गत बैंकले भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।
यसले विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित, सहज र विश्वसनीय माध्यममार्फत आर्थिक कारोबार गर्न सहयोग पुगेको बैंकले जनाएको छ ।








