उखु किसानका माग तुरुन्त सम्बोधन गरियोस् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

उखु उत्पादक महासंघ नेपालको अगुवाईमा काठमाडौंको माईतीघरमा भइरहेको उखु किसानको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै उनले यस्तो माग गरेका हुन् । उनले कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गरे ।

किसानले उखुमा पाउँदै आएको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानलाई निन्तरता दिने घोषणा गरेर तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि सरकारसंग माग गरे । उनले उखुको न्युनतम मुल्य पनि वृद्धि गर्नपर्ने आवश्यकता रहेको आंैल्याउँदै त्यतातिर पनि ध्यान दिन सरकारको विशेष ध्यानाकर्षण गराए ।

उनले उखु किसानले कहिले उचित मूल्य र भुक्तानीको लागि कारखाना मालिकहरुसँग संघर्ष गर्नुपर्ने, कहिले पाइरहेको अनुदानको लागी सरकारसँग संघर्ष गर्नुपर्ने स्थिति सिर्जना हुनु पीडादायी भएको बताए ।

उखु किसानको आन्दोलनमा नेकपा माओवादी केन्द्र सधैँ किसानको पक्षमा रहेको पनि उनले जानकारी दिए । ‘सरकारलाई म भन्न चाहन्छु, कृषिमन्त्रीज्युलाई, अर्थमन्त्रीज्युलाई र प्रधानमन्त्रीज्युलाई यहाँ धेरै दिन, अब एकदिन पनि उखु किसानलाई यो विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्नुप¥यो । छिटो भन्दा छिटो यथावत पहिला जत्तिकै ७० रुपैयाँ प्रतिक्वीन्टल अनुदान दिने घोषणा गरेर त्यसलाई तुरुन्तै भुक्तानीको व्यवस्था मिलाउन म जोडदार माग गर्न चाहन्छु । र साथसाथै उखुको न्युनतम मुल्यलाई पनि वृद्धि गर्न पर्ने आवश्यकत्ता छ, त्यसतिर पनि सरकारको विशेष ध्यान जाओस्’ उनले भने ।

मधेस प्रदेशसहित देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१÷८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =