अर्थ मन्त्रालयले गर्‍यो एकैपटक ६८ उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले ठूलो संख्यामा उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले एकैपटक ६८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जानकारी दिएको छ ।

सरुवामा कर प्रशासनसँग सम्बन्धित जिम्मेवारी सम्हाल्दै आएका तीन जना प्रमुख कर अधिकृत अर्थ मन्त्रालयमा आएका छन् ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल पनि मन्त्रालयमा सरुवा भएका छन् ।

मन्त्रालयले सरुवा सम्बन्धी विवरण सार्वजनिक नगरे पनि स्रोतका अनुसार यो सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =