माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेड बीच छुट प्रदान सम्झौता भएको छ ।

सम्झौताका अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो छुट सेवा सुविधा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा.प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =