सत्ता गठबन्धनको बैठकमा रञ्जिता श्रेष्ठको उपस्थिति

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव दर्ता गर्न सत्तारूढ दलहरूले तयारी तीव्र पारेका छन् ।

यसैक्रममा मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी भएकी छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका नेताहरू सहभागी छन् ।

सत्तारूढ दलहरूबीच उपसभामुख हटाउने विषयमा साझा रणनीति तय गर्ने उद्देश्यसहित यो बैठक बोलाइएको हो ।

स्रोतका अनुसार, सत्तापक्षका सबै दलहरूको सहमति जुटाएर छिट्टै उपसभामुख रानामगरविरुद्धको अविश्वास प्रस्ताव दर्ता गरिने तयारी भइरहेको छ ।

यसबिचमा नाउपा अध्यक्ष श्रेष्ठको उपस्थितिले राजनीतिक रूपमा नयाँ तरंग पैदा गरेको छ । उल्लेखनीय कुरा के छ भने नागरिक उन्मुक्ति पार्टीले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

तर अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला श्रेष्ठको सत्तारूढ गठबन्धनको बैठकमा सहभागिता देखिनु अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =