बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार, ओझाको योग्यतामाथि उठेको प्रश्नका कारण उनलाई पदमुक्त गरिएको हो ।

उक्त विषयमा छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले आइतबार नै प्रतिवेदन बुझाएको थियो ।

ओझा गत फागुन १२ गते बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । पदबहालीको केही महिनामै उनी विवादमा तानिएपछि अन्ततः सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =