राप्रपामा विवाद चुलिँदै, रेखा थापाले मागिन् विशेष महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा अभिनेत्री रेखा थापाले पार्टीभित्रको बढ्दो किचलोका बीच विशेष महाधिवेशनको माग गरेकी छन् । आन्तरिक विवादले पार्टी अस्थिर बन्दै गएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आवाज उठाएकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’  नेतृ थापाले सामाजिक सञ्जालमा लेखेकी छन् । उनी गत महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।

पार्टीभित्र हाल अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमसेर राणा पक्षबीच विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि राणा पक्ष आक्रोशित बनेको छ । यद्यपि लिङ्देन पक्ष पदमुक्त गर्ने निर्णयमा अडिग छ ।

पछिल्लो विवाद राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, काठमाडौंको अधिवेशनमा देखिएको छ । अध्यक्ष लिङ्देन स्वयं सहभागी कार्यक्रममा दुई पक्षबीच विवाद चुलिँदा हात हालाहालसमेत भएको थियो ।

विवाद बढ्दै गएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए । तर, अर्काे पक्षले अधिवेशन जारी राख्दै एकतर्फी रूपमा नयाँ समिति घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =