पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. पौडेल नियुक्त

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ उपकुलपति पाएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ बाथरोग विशेषज्ञ प्राध्यापक डा. बुद्धिप्रसाद पौडेललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

दुई दशकदेखि पाटन अस्पतालमै सेवारत प्रा.डा. पौडेलको चिकित्सा यात्रा निकै प्रेरणादायी छ । उनले आफ्नो करिअर स्वास्थ्य सेवाको आधारभूत तह मानिने सीएमएबाट सुरु गरेका थिए । लगनशीलता र निरन्तरको मेहनतले उनी आज देशको एक प्रतिष्ठित चिकित्सा प्रतिष्ठानको नेतृत्वदायी पदमा पुग्न सफल भएका छन् । हाल उनी पाटन अस्पतालको इन्टर्नल मेडिसिन विभागका प्रमुखसमेत हुन् ।

चिकित्सा क्षेत्रमा पौडेल एक अब्बल प्राज्ञिक व्यक्तित्वका रूपमा पनि चिनिन्छन् । उनी चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का १४औं ब्याचका ‘गोल्ड मेडलिस्ट’ समेत हुन् । पाटन अस्पतालको हरेक पक्षसँग नजिकबाट परिचित, लामो अनुभव र अब्बल प्राज्ञिक क्षमता भएका डा. पौडेलको नियुक्तिले प्रतिष्ठानको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =