नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको ‘मेगा अफर’

काठमाडौं । टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको छ।

अगस्ट ६ देखि १० तारिखसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा टोयोटाले आफ्ना तीन मोडल – Yaris Cross Hybrid Electric, Land Cruiser 250 लगायतका नयाँ मोडल प्रदर्शनीमा राख्ने जनाएको छ ।

एक्स्पो अवधिभर टोयोटाको कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले ‘मेगा डिस्काउन्ट’ को साथसाथै प्ल्याटिनम कार्ड र जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा प्राप्त गर्नेछन् ।

साथै, स्टलमा आउने हरेक आगन्तुकलाई टोयोटाको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

टोयोटाको यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र मान्य हुने युनाइटेड ट्रेडर्स सिन्डीकेटले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =