प्रो होण्डा जेनुईन इन्जिन आयल नेपाली बजारमा भित्रियो, स्याकार ट्रेडिङले गर्‍यो लन्च

काठमाडौं । विश्वव्यापी ब्रान्ड प्रो होण्डा जेनुईन इन्जिन आयल अब नेपालमा आधिकारिक रूपमा बिक्री वितरण सुरु भएको छ ।

नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले उक्त इन्जिन आयललाई Global HONDA Brand को रुपमा नेपाली बजारमा ल्याएको हो ।

होण्डा मोटर कम्पनीले आफ्ना मोटरसाइकल तथा अन्य पावर प्रडक्ट्सका लागि विशेष रूपमा विकास गरेको यो इन्जिन आयल अब नेपाली उपभोक्ताले पनि प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीका अनुसार, यो इन्जिन आयलले सवारीसाधनको इन्जिन दीर्घकालीन रूपमा सुरक्षित राख्न मद्दत पुर्‍याउनुका साथै वातावरणमैत्रीसमेत छ ।

स्याकार ट्रेडिङका अनुसार, प्रो होण्डा आयलले इन्जिनभित्रको घर्षणलाई कम गरेर इन्धनको खपत घटाउने र मर्मतसम्भारमा लाग्ने खर्च घटाउने छ ।

साथै, यसमा रहेको एन्टी–रस्ट फर्मुलाले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउने बताइएको छ । यसले समग्रमा इन्जिनको कार्यक्षमता र आयु दुबैमा वृद्धि गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले प्रो होण्डा इन्जिन आयलका विभिन्न भेरियन्ट बजारमा ल्याएको छ। तीमध्ये प्रमुख रूपमा उपलब्ध उत्पादनहरू यस्ता छन्ः

  • 10W30 MA नेपाल – 1 लिटर
  • 10W30 MB नेपाल – 0.8 लिटर
  • 5W30 MA नेपाल – 0.6 लिटर
  • 5W30 MB नेपाल – 1 लिटर
  • Honda High Performance Engine Oil SAE 10W30

स्याकार ट्रेडिङले नेपाली बजारमा उच्च गुणस्तरका उत्पादन तथा बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । नेपालमा होण्डा ब्रान्डको लोकप्रियता बढाउन कम्पनीले ५५ वर्षभन्दा लामो समयदेखि सक्रिय रूपमा भूमिका खेल्दै आएको छ ।

प्रो होण्डा आयलमार्फत कम्पनीले होण्डा सवारीसाधन प्रयोगकर्ताहरूलाई अझ गुणस्तरीय सेवा र सुरक्षा दिने प्रतिबद्धता दोहोर्‍याएको छ ।

नयाँ इन्जिन आयलले सवारीधनीको विश्वास जित्नेछ र नेपाली बजारमा इन्जिन आयलको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =