सबै वस्तुमा एमआरपी लागू गर्ने निर्णय पुनः विचार गर्न राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए ।

राजनीतिक अस्थिरता, भूकम्प, महामारी, आर्थिक नाकाबन्दी, भन्सार दरको अव्यवहारिकता र युवा पलायन जस्ता कारणले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा सरकारले एमआरपी अनिवार्य गर्ने निर्णय गर्दा व्यवसाय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले सिमानाबाट हुने अनधिकृत व्यापार नियन्त्रणमा सरकारले खासै पहल नगरेको आरोप समेत लगाएको लगाए । उनले उच्च भन्सार दर र सीमित स्रोत साधनका कारण सीमाबाट अस्वीकृत सामान भित्रिने क्रम बढ्दा राज्यले ठूलो मात्रामा राजश्व गुमाइरहेको पनि बताए ।

उनले एमआरपी सम्बन्धी नीति क्रमशः लागू गर्न सुझाव दिएको बताए । उनले अत्यावश्यक वस्तुहरूमा मात्र एमआरपी लागू गरेर त्यसको प्रभाव मूल्याङ्कन गर्दै बिस्तारै अन्य वस्तुमा कार्यान्वयन सुझाव दिए ।

उनले भने, ‘एमआरपीको विषयमा जुक कुराहरू बजारमा आइरहेको छ । यसको विषयमा केही कुरा गरौँ भनेर मन्त्रालयमा आएका हौँ । एमआरपी लगाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघ तयार छ तर यसमा विविध जटिलताहरू भएको कारणले केही कुराहरू परिमार्जन गर्नुपर्छ भनेर आएका हौँ । यो कुराहरूका बारेमा छलफल गरेर निर्णय लिने मन्त्रीज्युले भन्नुभयो । व्यवसायीहरूका पीरमर्का सम्बोधन गर्छु भन्नुभएको छ । अहिले आयात गरिएका सामानहरू सन्दर्भ मूल्यबाट आइरहेका छन् । भन्सार दरबन्दीहरू अधिक भन्दा अधिक छ । त्यो दरबन्दी न्यूनीकरण गरियोस् । सन्दर्भ मूल्यलाई घटाएर स्वघोषणा मूल्य गरियोस् भनेका छौँ ।’

उनले भन्सार दर व्यवहारिक बनाउँदै उद्योग व्यवसायमैत्री नीति ल्याउन समेत आग्रह गरेको छ । उनले भारतबाट आइरहेका चोरी पैठारीका सामग्रीहरूको नियन्त्रण गर्न पनि माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =