लिङ्देनले पार्टी उपाध्यक्षबाट हटाइदिएपछि निर्वाचन आयोग पुगे गिरी
२०८२ साउन ४ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हटाइएका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् ।
आफ्नो उपाध्यक्ष पद खोसिएपछि कानुनी उपचार खोज्न भन्दै गिरी आयोग पुगेका हुन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैबाट हटाएका थिए ।
गिरीले लिङ्देन स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् ।
२०८२ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित









