सरकारका वाचा व्यवहारमा लागू भएनन् : जसपा, नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको वाचा पुरा गर्न नसकेको आरोप लगाएकी छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले यस्तो आरोप लगाएकी हुन् ।

सरकारको वाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै उनले कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकतातर्फ उन्मुख भएको तर्क गरिन् ि।

उनले भनिन् ‘एक वर्ष पहिले सरकारले केही वाचा गरेको थियो । मुलुकमा सुशासन दिने कुरा गर्नुभएको थियो । अर्थतन्त्र सुधार, कानुनी राज्य बनाउने कुरा गरेको थियो । हामीले त्यो अपेक्षा गरेका थियौँ । तर त्यस्तो हुन सकेन । यहाँहरूले भर्खरै कुलिङ अफ पिरियडको अवस्था देख्नुभयो, भिजिट भिसा काण्ड पनि आइरहेकै अवस्था छ । भनेपछि हामीले अराजकता बाहेक केही देखेनौँ । त्यो नदेखिसकेपछि साथ दिन सकिन्छ भन्ने लागेन ।’

सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिई राख्ने अवस्था नरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =