जोन सिनाले रेस्लिङबाट सन्यास लिँदै

काठमाडौँ । जोन सिनाले रेस्लिङबाट सन्यास लिने घोषणा गरेका छन् ।

प्रसिद्ध डब्लुडब्ल्युई सुपरस्टार तथा हलिउड अभिनेता जोन सिनाले यसै वर्ष रेस्लिङबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले गत जुलाइमा टोरन्टोमा आयोजित डब्ल्युडब्ल्युईको मनी इन द ब्यांक इभेन्टमा बोल्दै भने ‘म यही वर्ष नै डब्ल्युडब्ल्युईको रिङमा अन्तिम पटक देखिनेछु । त्यसपछि रेस्लिङ करियरबाट सन्यास लिनेछु ।’

त्यस्तै उनले अमेरिकी टेलिभिजन कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा पनि सन्यासको निर्णयलाई दोहोर्याए ।

उनले भनेका छन्, ‘मैले यस वर्षपछि रिङ नफर्कने बाचा फ्यानहरूलाई गरिसकेको छु ।’

उनले यही वर्ष डिसेम्बरमा अन्तिम खेल खेलेपछि सन्यास लिने बताएका छन् ।

उनलाई सर्वाधिक सफल र चर्चित रेस्लर मानिन्छ । उनले १६ पटक डब्ल्युडब्ल्युईको विश्व च्याम्पियन समेत जितेका छन् ।

सिना हलिउडमा सफल अभिनेता पनि हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =