शाओमी १४ टी स्मार्टफोनको मूल्य घट्यो, अब ५९,९९९ मा उपलब्ध

काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ’शाओमी १४टी’ को मूल्य घटाएको छ । अब यो फोन ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

लाइका क्यामेरासँगको सहकार्यमा विकसित यो फोनलाई नेपाली बजारमा पहिले रु. ६४,९९९ मा बिक्री गरिएको थियो । मूल्यमा उल्लेख्य कटौती गर्दै कम्पनीले १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको संस्करण अब रु. ५९,९९९ मा उपलब्ध गराउने घोषणा गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले शाओमी १४टीलाई “नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक” भन्दै मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए ।

‘शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ’ उनले भने ।

  • शाओमी १४टीका प्रमुख विशेषता यस्ता छन्ः
    लाइका ट्रिपल क्यामेरा सेटअप
    ५० मेगापिक्सल मुख्य, १२ मेगापिक्सल अल्ट्रा–वाइड, र ५० मेगापिक्सल टेलिफोटो लेन्स
    प्रोफेशनल स्तरको फोटो र ४के भिडियो खिच्न सकिने
  • प्रोसेसर र प्रदर्शन
    मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा चिपसेट, ४ नानोमिटर आर्किटेक्चर
    एलपीडीडीआर ५एक्स र्यामसहित शक्तिशाली परफर्मेन्स
  • डिस्प्ले
    १४४ हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको १.५के एमोलेड डिस्प्ले
    HDR10+ सपोर्ट
  • ब्याट्री र चार्जिङ
    ५००० एमएएच ब्याट्री, ६७ वाटको हाइपरचार्ज सपोर्ट
  • अन्य विशेषता
    स्मार्ट फोटो मोड, दृश्य पहिचान एआई, IP68 प्रमाणित (पानी तथा धूलो प्रतिरोधी)

शाओमी १४टी टाइटन ब्ल्याक, ग्रे र ब्लू रङमा उपलब्ध छ र नेपालभरका शाओमी स्टोर तथा आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =