प्रोटन इमासको ‘शार्क ट्याङ्क नेपाल’ सँग आधिकारिक प्रायोजकको साझेदारी

काठमाडौँ । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रणी विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा विशेष रूपमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ ।
प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन गर्ने भएकोले, यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडी बढाउने सामूहिक प्रयासलाई टेवा पुर्याउने कम्पनीले जनाएको छ ।
कम्पनीले यस साझेदारीले नेपालका भविष्यका उद्यमीहरूलाई थप प्रोत्साहित गर्न मद्दत गर्ने विश्वास लिएको जनाएको छ ।
नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ‘नवप्रवर्तन मार्फत अगाडी बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा, प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’ सँग साझेदारी गर्न पाउँदा उत्साहित छ । एउटा प्लेटफर्म, जसले महत्वाकांक्षा, रचनात्मकता र उद्यमशीलताको भावनालाई समर्थन र सहयोग गर्दछ । हामी विश्वास गर्छौं, यो साझेदारीले ‘क्लीन मोबिलिटी’ प्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील
नेपालको लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्दछ ।’
यो सहकार्यपछि, प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’ मा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ, जसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिनेछ ।








