स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंक बिच SCT-UPI कार्ड जारी गर्ने सम्झौता
२०८२ असार १७ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
असार १२, २०८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।
यस सम्झौता पश्चात् सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने बैंकले जनाएको छ ।
२०८२ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








