तिलाहारमा बेठीका साथ रोपाइँ

भोजपुर । तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डेले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् ।

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए ।

उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए ।

बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए । पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =