फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने
२०८२ असार १२ गते

काठमाडौँ । फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने भएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजक एसवाई इन्टरनेटमेण्टले फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने जानकारी गराएको हो ।
कार्यक्रमअन्तर्गत कम्पनीको ब्राण्ड एम्बेसडरहरु छनोट गरिने बताइएको छ । प्रतिस्पर्धामार्फत कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्बेसडरहरु छनोट गरिने आयोजकले बताएको छ ।
महिला र पुरुष दुवैले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रम जुन १,२०२५ बाट सुरु भई जनवरी ३१, २०२६ सम्म चल्नेछ ।
२०८२ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








