इजरायल-इरान मामिलामा अमेरिकी संलग्नताको निर्णय दुई सातामा

काठमाडौं । इजरायल र इरानबीच जारी युद्धको सन्दर्भमा अमेरिकी उपस्थितिका बारेमा आगामी दुई साताभित्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय लिने तयारी गरेका छन् । अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकी हुन् ।

लेभिटका अनुसार राष्ट्रपति ट्रम्पले युद्धको गहिरिँदो अवस्थालाई मूल्याङ्कन गर्दै अमेरिकी हस्तक्षेप आवश्यक पर्ने हो वा हैन भन्नेबारे छलफल गरिरहेका छन् । ‘राष्ट्रपति ट्रम्पले संयमता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै निर्णायक कदम चाल्ने तयारीमा छन्,’ उनले भनिन् ।

यसबीच ह्वाइट हाउसले मध्यपूर्वमा कूटनीतिक संवाद अगाडि बढाउने सम्भावना रहेको संकेत दिएको छ । सम्भावित वार्तामा युद्धविरामका पहल, क्षेत्रीय स्थायित्व, र आणविक कार्यक्रमसम्बन्धी नयाँ सहमतिको खोजी हुने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

युद्धको चपेटामा परिरहेका इजरायल र इरान दुवैले ठूलो जनधनको क्षति व्यहोरेका छन् । यद्यपि दुवै राष्ट्र पूर्ण रूपमा ध्वस्त भइसकेका छैनन् । पछिल्लो आक्रमण बिहीवार इजरायलस्थित एक अस्पतालमा भएको थियो, जहाँ कम्तीमा ७१ जना घाइते भएको पुष्टि गरिएको छ ।

मध्यपूर्व संकटले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा असर पार्ने संकेत देखिँदै गर्दा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र बेलायती विदेश सचिव डेभिड लेमीबीच इजरायलसम्बन्धी विषयमा गहन छलफल भएको छ । उक्त छलफल आणविक हतियारसम्बन्धी दीर्घकालीन समाधानको सम्भाव्यता र रणनीतिमा केन्द्रित रहेको कूटनीतिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =