बीबीएलमा बिकेनन् सन्दीपसहित नेपाली ६ खेलाडी

काठमाडौं । अष्ट्रेलियाको प्रतिष्ठित फ्रेन्चाइज लिग बिग बास लिग (बीबीएल) को १५ औं संस्करणको ड्राफ्टमा नेपालका छ क्रिकेटर समावेश भए पनि कुनै पनि खेलाडी अनुबन्धित हुन सकेनन् ।

नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख यसपटकको बीबीएल ड्राफ्टमा नामावलीमा परेका थिए । तर बिहीवार सम्पन्न ड्राफ्टमा सहभागी आठ फ्रेन्चाइज टोलीले उनीहरूलाई अनुबन्ध गरेनन् ।

नेपालबाट बीबीएलमा खेल्ने सन्दीप लामिछाने पहिलो र अहिलेसम्मकै एक मात्र खेलाडी हुन् । उनले बीबीएलमा मेलबर्न स्टार्स, होबार्ट ह्यरिकेन्स र सिड्नी थन्डरबाट ४३ खेल खेल्दै ४८ विकेट लिएका थिए ।

लामिछानेले बीबीएलमा राम्रो प्रभाव पारे पनि पछिल्लो समय कानुनी विवाद र प्रतिस्पर्धात्मकता बढ्दो भएकाले टोलीहरूले नेपाली खेलाडी अनुबन्ध गर्न चासो नदेखाएको बताइएको छ ।

नेपाली क्रिकेट फ्यानहरूले केही नयाँ अनुबन्धको अपेक्षा गरे पनि यसपटकको ड्राफ्ट नेपालका लागि निराशाजनक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =