त्रिकोणात्मक सिरिज : फेरि नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीनवटा सुपर ओभरसम्म लम्बिएको ऐतिहासिक रोमाञ्चक खेलमा पराजित भएको नेपालले दोस्रो भिडन्तमा बदला लिने लक्ष्य लिएको छ ।

खेल बिहीबार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ । स्कटल्यान्डसँगको खेलमा नेपालले दुई विकेटको सानदार जित निकाल्दै अंकतालिकामा दुई अंक जोडेको हो । उता, तीन खेल खेलेको नेदरल्यान्ड्सले दुई जित निकाल्दै चार अंक बनाएको छ ।

स्कटल्यान्डमाथि ३९ रनको जित दर्ता गर्दै सिरिज सुरु गरेको स्कटल्यान्ड दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । त्यसपछि, नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराउँदै शीर्ष स्थानमा आफ्नो दाबी बलियो बनाएको छ ।

नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको यो त्रिकोणात्मक श्रृंखला नेपाली क्रिकेटका लागि एउटा ठूलो अवसरको रूपमा हेरिएको छ । नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल शुक्रबार हुनेछ । हाल रनरेटको आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =