नेपालले टस जित्यो, पहिले बलिङ गर्ने
२०८२ असार २ गते

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी– २० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा फील्डिङ गर्ने निर्णय गरेको हो । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले फील्डिङ रोजेका हुन् ।
खेल नेपाली समयअनुसार अहिले साँझ ७ः४५ बजे सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा आइतबार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो ।
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








