ग्लोबल टच नेपालको तेस्रो वर्ष पुरा, चौथौँ वर्षमा प्रवेश

काठमाडौँ । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल टच नेपाल तेस्रो वर्ष पूरा गरि चौथौँ वर्षमा प्रवेश गरेको छ ।
आइतबार (आज) देखि ग्लोबल टच नेपाल चौथो वर्षमा प्रवेश गरेको हो ।
ग्लोबल टच नेपालको वार्षिकोत्सवको अवसरमा बोल्दै संस्थाका निर्देशक निशान्त श्रेष्ठले यस वार्षिकोत्सव केवल एक समारोह मात्र नभई संस्थाको यात्रा, संघर्ष, सफलता र भविष्यप्रति रहेको विश्वासको प्रतीक रहेको बताए ।
उनले विगतलाई सम्झँदै यस संस्थाको यात्रा सुरु गर्दा थुप्रै चुनौतीहरू रहेको सुनाए ।
निर्देशक श्रेष्ठले भने ‘तीन वर्षअघि हामीले यो संस्थाको यात्रा सुरु गर्दा थुप्रै चुनौतीहरू थिए । शिक्षा परामर्श क्षेत्रमा विश्वास जित्नु, विद्यार्थीहरूसँग सही मार्गदर्शन प्रदान गर्नु र अभिभावकहरूको भरोसा कायम राख्नु । तर तपाईंहरूको साथ, माया र समर्थनले आज हामी यो उचाइमा पुगेका छौँ ।’
उनले विगतका तीन वर्षमा आफ्नो संस्थाले सयौँ विद्यार्थीहरूलाई विभिन्न देशका विश्वविद्यालयहरूमा पठाउन सफल भएको बताए । उनले त्यत्ति मात्र संस्थाको उपलब्धि नभएर विद्यार्थीहरूको सपना पुरा गर्न पाएको अवसर नै सच्चा उपलब्धि भएको जानकारी दिए ।
उनले ग्लोबल टच नेपालको मूल मन्त्र “Guiding Dreams Globally” नै हो भएको बताए ।
हरेक विद्यार्थीको सपना आफ्नै सपना सम्झेर ग्लोबल टचले साथ दिएको बताए ।
उनले भने ‘हामीले हरेक विद्यार्थीको सपना हाम्रो आफ्नै सपना सम्झेर साथ दिएका छौं। चाहे त्यो सही विश्वविद्यालय छनोट होस्, अभिभावकसँग स्पष्ट संवाद होस् वा भिजा प्रक्रियाको जटिलता हल गर्नु होस्, हामी हरेक पाटोमा विद्यार्थीको साथमा छौं।’
उनले यस विशेष दिनमा संस्थाका सम्पूर्ण टिमको परिश्रम र इमानदारीले यहाँसम्म आइपुगेको भन्दै विशेष धन्यवाद दिए ।
साथै संस्थाको सेवामा विश्वास गरेकोमा विद्यार्थीहरू र अभिभावक, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर दिएकोमा अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि विशेष धन्यवाद ज्ञापन गरे ।
उनले अबको यात्रामा, अझ सशक्त, पारदर्शी र विद्यार्थीकेन्द्रित भएर अघि बढ्ने संस्थाको प्रतिबद्धता रहेको जानकारी दिए ।
‘नयाँ शाखाहरू, डिजिटल प्लेटफर्महरू र अझ बढी सेवाहरू लिएर आउँदैछौं ।’ उनले भने ।
काठमाडौँ नयाँ बानेश्वरस्थित शंखमूलमार्गबाट सेवा दिइरहेको ग्लोबल टच नेपालको मुख्य कार्यालय भने अष्ट्रेलियाको मेलबर्नमा रहेको छ ।
यस संस्थाका सह–संस्थापक सचिन श्रेष्ठ र राज केसी हुन् ।








