बुद्ध एयरका सबै कर्मचारीले पाए उपदान, सामाजिक सुरक्षा कोषमा पनि आबद्ध

काठमाडौं । बुद्ध एयरले आफ्ना सबै कर्मचारीलाई उपदान हस्तान्तरण गरेको छ । बुद्ध एयरले आफ्ना सम्पूर्ण कर्मचारीलाई डिसेम्बर २०२४ सम्मको उपदान हस्तान्तरण गरेको हो ।

श्रम ऐन अनुसार कर्मचारीले अवकाश वा राजीनामा स्वीकृत हुँदा मात्र उपदान पाउँछन् । तर, बुद्ध एयरले भने कार्यरत रहेकै अवस्थामा कर्मचारीको उपदान बाँडेको हो ।

विगत २८ वर्षदेखि कर्मचारीले पाउनुपर्ने उपदान उसले कम्पनीको वासलातमा दायित्वको रुपमा राखेको थियो ।

यस्तै बुद्ध एयरले सबै कर्मचारीको निवृत्तिभरण सामाजिक सुरक्षा कोषमा जम्मा गर्दै आएको छ ।

बुद्ध एयरले कर्मचारीको निवृत्तिभरण जनवरी २०२५ देखि कोषमा जम्मा गर्दै आइरहेको छ । यसअघि बुद्ध एयरले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्दै आएको थियो ।

निजी संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधान अनुसार बुद्ध एयरले कर्मचारीको निवृत्तिभरण सामाजिक सुरक्षा कोषमा जम्मा गरिरहेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =