अन्तर्राष्ट्रिय मुद्राको भाउ फेरि उकालो, कुन मुद्राको कति छ विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलरसहित पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्यमा पुनः वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि लगातार उकालो लाग्दै आएको डलरको भाउले नेपाली मुद्रा बजारमा नयाँ कीर्तिमानसमेत बनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा पुगेको छ। हिजोको तुलनामा खरिददरमा ७७ पैसा र बिक्रीदरमा ७७ पैसाकै वृद्धि भएको छ। यसअघि माघ २५ गते डलरको मूल्यले १३९ रुपैयाँ ८३ पैसा (खरिददर) र १४० रुपैयाँ ४३ पैसा (बिक्रीदर) छुने इतिहास बनाएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै, पाउन्ड स्टर्लिङको खरिददर आज १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा पुगेको छ, जसमा हिजोको तुलनामा सानो मात्रामा वृद्धि देखिएको छ। कुबेती दिनारको खरिददर ४४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा कायम भएको छ। यो दर हिजोभन्दा क्रमशः तीन रुपैयाँ र दुई रुपैयाँभन्दा बढीले बढेको हो।

बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा पुगेको छ, जुन हिजोको तुलनामा उल्लेखनीय वृद्धि हो। तर, केही विदेशी मुद्राको मूल्य भने घटेको छ। अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा मा झरेको छ, जुन हिजोभन्दा केही कम हो।

त्यस्तै युरोको मूल्य पनि ओरालो लागेको देखिन्छ, आजको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा छ, जुन हिजोको तुलनामा झण्डै ५० पैसाले घटेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट गरिएको छ। त्यस्तै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरसँग भिन्न हुन सक्ने भएकाले अद्यावधिक विनिमय दरका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =