राईटपाथको १० औं शाखा कीर्तिपुरमा सञ्चालन, राइट काउन्सिलिङ पाइने (भिडिओ)

काठमाडौँ । राईटपाथ करियर काउन्सिलिङले आफ्नो १० औं शाखा कीर्तिपुरमा विस्तार गरेको छ ।
शुक्रवार राईटपाथले कीर्तिपुर नजिकका विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त शाखाको उद्घाटन गरेको हो । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसी लगायतको सहभागितामा कीर्तिपुर शाखाको उद्घाटन गरिएको हो ।
विद्यार्थीहरूको विदेश गएर उच्च शिक्षा हासिल गर्ने सपना साकार पार्नका लागि कीर्तिपुरमा शाखा स्थापना गरिएको राईटपाथले जनाएको छ ।
कीर्तिपुरमा राईटपाथको शाखा उद्घाटन गर्दै सांसद केसीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई सही बाटो देखाउने राईटपाथ को प्रयास प्रशंसायोग्य रहेको बताए ।
उनले राईटपाथ आफैमा महत्त्वपूर्ण संस्था रहेको बताउँदै उच्च शिक्षाका लागि विदेश जाने युवालाई सही बाटो देखाउन सकोस् भन्ने शुभकामना दिए । ‘अहिलेका युवाहरू सबै विदेश पढ्न गइरहेका छन् । ती युवाहरूलाई सही बाटोमा ल्याउन सकोस् भनी राईटपाथलाई शुभकामना दिन चाहन्छु’ उनले भने ।
शाखाको उद्घाटनमा बोल्दै राईटपाथका सिइओ फिलिप डिसीले नेपालमा सम्भावना नदेखेर मात्रै नभई गुणस्तरीय शिक्षाका लागि नेपाली युवाहरू विदेश गइरहेका बताए ।
उनले विदेश जाने रहर नभएर बाध्यता भएको भन्दै सिइओ डिसीले नेपालमै गुणस्तरीय शिक्षा र रोजगारी पाउने वातावरण हुनुपर्ने बताए । उनले नेपालमै विद्यार्थी बस्ने वातावरण बनी नसकेको भन्दै विदेश जाने विद्यार्थीको भविष्य सुरक्षित गर्ने अभियानमा आफू लागेको बताए ।
उनले राईटपाथले उत्कृष्ट काउन्सिलिङ दिने गरेको बताए । ‘आजको दिनमा गुणस्तरीय शिक्षा वा अवसरको खोजीमा जुन विद्यार्थी भाइबहिनीहरू जाँदै हुनुहुन्छ । यसलाई रोकियोस् भविष्यमा तर आज जुन ट्रेन छ, यसमा रहेको राईटपाथ करियर काउन्सिलिङ र मेरो आफ्नै भोगाइमा राइट काउन्सिलिङ दिइरहेका छौँ’ उनले भने ।

सिइओ डिसीले उच्च शिक्षाका लागि विदेश जाने युवाहरूलाई राइट काउन्सिलिङ दिनका लागि कीर्तिपुरमा १० औँ शाखा सञ्चालन गरिएको बताए । उनले यसअघि पनि देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरिसकेको बताउँदै राइट गाइट, राइट काउन्सिलिङ दिने प्रयास जारी रहने बताए ।
‘आज हामीले १० औं शाखा विस्तार गर्न सकेका छौं । यसमा गर्भ पनि लागेको छ । हामीले पहिलो ब्रान्च चितवन ब्रान्च खोलेका थियौँ,’ उनले भने, ‘विद्यार्थी भाइबहिनीहरूलाई आफ्नै ठाउँमा क्वालिटी एजुकेसन दिनु नै हाम्रो उद्देश्य हो । आगामी दिनहरूमा विभिन्न विश्वविद्यालयका शिक्षकहरू ल्याएर प्रत्यक्ष उहाँहरूबाट करियर गाइडेन्स, राइट काउन्सेलिङ दिने छौं ।’
यता, शाखा उद्घाटन कार्यक्रममा सहभागी भएकी राइटपाथकी ब्रान्ड एम्बास्डर अश्मि श्रेष्ठले यस संस्थामा जोडिन पाउँदा खुसी लागेको बताइन् ।
उनले नयाँ ठाउँमा काम गर्न सबैको साथ आवश्यक रहेको भन्दै आफ्नो साथ र सहयोग रहने बताइन् । ‘हामीले गर्न सक्ने सहयोग कीर्तिपुर शाखालाई गर्ने छौं । नयाँ शाखाको लागि नयाँ टिमको लागि फिलिप सरलाई शुभकामना व्यक्त गर्न चाहन्छु । म यस संस्थामा जोडिएको २ वर्ष भयो यसमा मैले सम्पूर्ण टिम लगनशील देखेको छु । त्यसैले बाहिर जान चाहने विद्यार्थीहरूले टाढा जान नपरोस् भनेर कीर्तिपुरमा शाखा सञ्चालन गरिएको छ’ उनले भनिन् ।
उद्घाटन कार्यक्रममा सहभागी सबै अतिथिहरूले राइटपाथको खुलेर प्रशंसा गरेका थिए । राइटपाथका कीर्तिपुर शाखाका एचआर म्यानेजर मिलन विष्टले कार्यक्रमको स्वगत मन्तव्य राख्दै विद्यार्थीहरूको विदेश गएर उच्च शिक्षा हासिल गर्ने सपना साकार गर्नको निमित्त राईटपाथ करियर काउन्सिलिङको शाखा कीर्तिपुरमा पनि सञ्चालन गरिएको बताए ।

यस्तै कीर्तिपुर शाखाका म्यानेजिन डाइरेक्टर राजकृष्ण महर्जनले कीर्तिपुरमा शाखा खोली उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरूलाई सेवा दिन पाएकोमा खुसी व्यक्त गरे ।
उता राइटपाथका चितवन शाखा प्रमुख सुरज पौडेलले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरूले चाहेको, खोजेको र रोजेको परामर्श दिनको लागि राइटपाथ जन्मेको बताए । उनले विदेश जान चाहनेहरूलाई राईटपाथ करियर काउन्सिलिङ सबै भन्दा राम्रो माध्यम रहेको समेत जानकारी दिए ।
यस्तै इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले राईटपाथ करियर काउन्सिलिङको पहिलो शाखाको उद्घाटन पनि आफूले गरेको स्मरण गरे । उनले १० औं शाखा विस्तारको उद्घाटनमा पनि उपस्थित हुन पाएकोमा खुसी व्यक्त गरे । उनले राम्रो शिक्षा लिनको लागि विदेश जान चाहने विद्यार्थीहरू र आफ्ना छोराछोरीलाई विदेश पठाउन चाहने अभिभावकहरूलाई सही परामर्श पाउने ठाउँ राईटपाथ भएको स्पष्ट पारे ।
सन् २०१७ बाट सञ्चालनमा आएको राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ ।
हाल राइटपाथले काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालयसँगै नयाँ बानेश्वर, ललितपुर, इटहरी, धनकुटा, हेटौँडा, चितवन, बुटवल, दाङ र हालै कृतिपुरमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ ।
राइटपाथबाट कक्षा १२ पास गरिसकेका डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् ।
राइटपाथले यूके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।








