सोमपाल र गुल्सन घाइते, सबै खेल गुमाउने !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका दुवै खेलाडी घाइते भएका हुन् ।

नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षणका दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो । क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ ।

अब सोमपाल र गुल्सनले नेदरल्यान्ड्स विरुद्धको आजको खेल गुमाउने छन् ।

यति मात्रै होइन, त्यसपछि हुने टी–२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =