स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्डले नेपाललाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले १ सय २ रनको कप्तानी पारि खेले । माइकल लीस्कले नटआउट ९६ रन बनाए भने चार्ली टियरले ६८ रन बनाए ।

मार्क वाटले २१, फिनले म्याकक्रिएथले १७, ब्रान्डन म्याकमुलेनले ५ र म्याथ्यू क्रस (विकेटकिपर)ले ३ रन थपे ।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २, २ विकेट लिए । ललित राजवंशीले १ विकेट लिए ।

नेपालका लागि सोमपाल कामीले सबैभन्दा धेरै ७५ रन दिए । तर, उनले विकेट लिन सकेनन् । करण केसीले ७४ रन दिएर २ विकेट लिए ।

सन्दीप लामिछानेले ६९ रन दिए । सन्दीपले पनि विकेट लिन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =