विश्वकप लिग-२ : स्कटल्याण्डको सामना गर्दै नेपाल

काठमाडौं । सात महिनाको लामो अन्तरालपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । योसँगै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा पुनरागमन गर्न लागेको हो ।

नेदरल्याण्ड्स र स्कटल्याण्ड सम्मिलित यो त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । लिग-२ को अंक तालिकाको पुछारमा रहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण मानिएको छ । पछिल्लो पटक सन् २०२४ को नोभेम्बरमा स्कटल्याण्डसँग नै नतिजाविहीन खेल खेलेयता नेपालले कुनै ओडीआई खेलेको छैन ।

यस अवधिमा बेलायतका क्लब र स्कटल्याण्ड ‘ए’ विरुद्ध खेलिएका अभ्यास खेलहरूमा नेपालको ब्याटिङ प्रदर्शन, विशेषगरी ओपनिङ साझेदारी, कमजोर देखिएको थियो, जसले गर्दा टोलीमाथि प्रदर्शन सुधारको ठूलो अपेक्षा र दबाब छ ।

सिरिज नयाँ नियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट लका लागि पनि पहिलो अन्तर्राष्ट्रिय परीक्षा हुनेछ । उनको नेतृत्वमा नेपालले पहिलोपटक मैदान उत्रँदै गर्दा, टोलीलाई अंक तालिकामा माथि उकाल्ने, ओडीआई मान्यता सुरक्षित गर्ने र विश्वकप छनोटको आशा जीवित राख्ने चुनौती उनको काँधमा छ ।

लामो समयपछिको प्रतिस्पर्धा र बलियो प्रतिद्वन्द्वीसामु नेपाली टोलीले कस्तो रणनीति अपनाउँछ भन्नेमा सबैको नजर रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =