कर्मचारीको महँगी भत्ता वृद्धि, ५ हजार पुर्‍याइयो

सरकारले नयाँ बजेटमा कर्मचारीको तलब वृद्धि नगरेपनि महंगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याएको छ ।

बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महंगी भत्ता ५ पु¥याउने घोषणा गरेका हुन् ।

कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता वोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरुप वृद्धि गर्न सम्भव नभएको उनको भनाई थियो ।

‘सबै राष्ट्र सेबकहरुका लागि साउन १ गतेदेखि लागू हुनेगरि महंगी भत्ता वृद्धि गरि मासिक पाँच हजार रुपैयाँ पुर्‍याएको छु । यसअघि २ हजार रहँदै आएको महंगी भत्तामा अहिले तीन हजार वृद्धि गरिएको हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =