कर्मचारीको महँगी भत्ता वृद्धि, ५ हजार पुर्याइयो
२०८२ जेठ १५ गते

सरकारले नयाँ बजेटमा कर्मचारीको तलब वृद्धि नगरेपनि महंगी भत्ता ५ हजार रुपैयाँ पुर्याएको छ ।
बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महंगी भत्ता ५ पु¥याउने घोषणा गरेका हुन् ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता वोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरुप वृद्धि गर्न सम्भव नभएको उनको भनाई थियो ।
‘सबै राष्ट्र सेबकहरुका लागि साउन १ गतेदेखि लागू हुनेगरि महंगी भत्ता वृद्धि गरि मासिक पाँच हजार रुपैयाँ पुर्याएको छु । यसअघि २ हजार रहँदै आएको महंगी भत्तामा अहिले तीन हजार वृद्धि गरिएको हो,’ उनले भने ।
२०८२ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








