लखनउको आईपीएल यात्रा टुंगियो, हैदराबाद प्ले अफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्रतिस्पर्धाबाट लखनउ सुपर जायन्ट्स पहिलो चरणमै बाहिरिएको छ । सोमबार राति सम्पन्न निर्णायक खेलमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै लखनउलाई ६ विकेटले पराजित गर्दै आफ्नो प्ले अफ यात्रा सुनिश्चित गरेको छ ।

हैदराबादको जितमा ओपनर अभिषेक शर्माले विस्फोटक पारामा अर्धशतक बनाउँदै निर्णायक भूमिका खेले । उनले केवल १८ बलमै अर्धशतक पूरा गर्दै कुल ५९ रन बनाए । अभिषेकले २० बलमा ४ चौका र ६ छक्कासहित आक्रामक ब्याटिङ गरेका थिए । त्यस्तै, हेन्रिक क्लासेनले पनि २८ बलमा ४७ रनको योगदान दिए ।

लखनउले दिएको २०६ रनको विशाल लक्ष्य हैदराबादले १० बल बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्‍यो । लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिँदै केही चमक देखाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको लखनउले सात विकेट गुमाउँदै २०५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । ओपनिङ जोडी मिचेल मार्स र आइडन म्याक्रमले सानदार सुरुआत दिलाएका थिए । दुबैले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे । मार्सले ३९ बलमा ६५ रन र म्याक्रमले ३८ बलमा ६१ रन बनाएका थिए । अन्त्यतिर निकोलास पुरणले पनि २६ बलमा ४५ रनको योगदान दिए । तर बलरहरू प्रभावहीन देखिएपछि लखनउको सिजन समाप्त भयो ।

यससँगै आईपीएल २०२५ को पहिलो चरणबाट लखनउ सुपर जायन्ट्स, कलकता नाइट राइडर्स, राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बाहिरिएका छन् । गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बंगलोर र पन्जाब किङ्स प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् भने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच अन्तिम स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =